Posts

Image
  हरेक मौसममा परमेश्वरको विश्वासयोग्यता (God’s faithfulness in every Season) हाम्रो जीवन एउटा यात्राजस्तै हो । यस यात्रामा हामीले विभिन्न किसिमका “ मौसमहरू ” अनुभव गर्ने गर्छौँ । कहिले जीवनमा वसन्तजस्तो सुन्दरता , खुशी , प्रगति र उत्साहले भरिपूर्ण हुन्छ भने , कहिले गर्मी मौसमजस्तै थकान , दबाब , कामको बोझ र चुनौती आउँछ। कहिले वर्षाजस्तो आँसु , पीडा , रोग वा हानीले जीवन भिजाउँछ। अनि कहिले जाडो मौसमजस्तै सुनसान , चिसो र निराशाको अनुभव हुन्छ। यी सबै मौसमहरू बदलिन्छन्। मान्छे बदलिन्छन् , परिस्थिति बदलिन्छ , हाम्रा भावना बदलिन्छन्। तर एउटा कुरा कहिल्यै बदलिँदैन — परमेश्वरको विश्वासयोग्यता। बाइबल भन्छ : “22 परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्‍म भएका छैनौं , उहाँका कृपाको अन्‍त कहिल्‍यै हुँदैन। 23 हरेक बिहान उहाँको कृपा नयाँ हुन्‍छ। तपाईंको विश्‍वस्‍तता महान् छ। ” ( विलाप 3:22–23) यी पदहरूले हामीलाई सम्झाउँछ कि परिस्थिति जे भए पनि परमेश्वर स्थिर , भरपर्दो र विश्वासयोग्य हुनुहुन्छ। ...